यस्तो छ आजको मौसम पूर्वानुमान

अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना कम छ ।

दिउँसो सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा अन्य प्रदेशका एकाध स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ ।



राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरूमा भने भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार