अख्तियारमा कार्यरत १६ जनामा कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अख्तियारमा खटिएका १५ जना सुरक्षाकर्मी र एकजना ड्राइभर रहेको अख्तियारका सञ्चारविज्ञ शरद अधिकारीले जानकारी दिए ।

आइतबार १८२ जनाको स्वाब संकलन भएकोमा १५ जनामा संक्रमण देखिएको हो । त्यसअघि शुक्रबार एक सुरक्षाकर्मीमा संक्रमण देखिएपछि थप कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब संकलन भएको हो ।



शुक्रबार संक्रमण देखिएका सुरक्षाकर्मीसहित अख्तियारमा रहेका १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार