बामदेव–प्रचण्डको वार्तामा गौतमले राखेका ६ बुँदे प्रस्तावमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किरहेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार बिहान करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बुझिएको छ । प्रचण्ड गौतमलाई भेट्न बिहान ११ बजे भैंसेपाटी पुगेका थिए ।

भेटवार्तामा खासगरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको थियो ।



यसअघि आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रचण्डले ती भेटवार्तामा पनि सहमतिको संकेत नदेखिएपछि गौतमसँग भेटेका हुन् । गौतमले गत साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरी त्यसबाटै निकास खोज्नुपर्ने जनाउँदै आएका छन् ।

सम्बन्धित समाचार