काठमाडाैं उपत्यकामा कति थपिए कोरोना ‘पोजिटीभ’ ?

काठमाडाैं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८, भक्तपुरमा १३ तथा ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका ११ तथा काठमाडौँका ३८ जनामा संक्रमण पुष्टि भएको हो। त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५ जनामा संक्रमण पुष्टि भएको हो ।



नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौँका २ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ३ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

सम्बन्धित समाचार