वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउने ६० पुगे

वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान ज्यान गएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको मेसु उपाध्यायले बताए । उनी हिजो (मंगलबार) मात्रै अस्पतालमा भर्ना भएका थिए ।



साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आएपछि हिजो मंगलबार नै अस्पतालमा भर्ना भएका ती पुरुषको आज बुधबार बिहान ज्यान गएको हो ।

यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि त्यहाँ कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो । गत साउन १७ गते मात्रै हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएको थियो ।

सम्बन्धित समाचार