वामदेवलाई प्रचण्डको प्रश्‍न– ‘अब के गर्नुहुन्छ ?’ वामदेवको उत्तर– ‘कुनै गुटमा लाग्दिनँ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि नेता वा समूहको पक्षमा नभइ पार्टी एकताप्रति प्रतिवद्ध रहेको दाबी गरेका छन् । गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भएको भेटबारे प्रष्ट पार्दै आफूले प्रचण्डलाई पनि ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिँन’ भनेर भैँसेपाटी निवासबाट बिदा गरेको उल्लेख गरेका छन् ।

यसअघि गौतमले गएको साउन १३ गते पार्टी विभाजन रोक्नका लागि भन्दै ६ बुँदे प्रस्ताव गरेका थिए । त्यसैदिन प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावमा आफ्नो समर्थन रहेको बताएका थिए । सोही दिन गौतमलाई भेट्न ओली भैँसेपाटी पुगेका थिए ।



मंगलबारको भेटमा प्रचण्डले ‘अब तपाईँ के गर्नुहुन्छ ?’ भनि सोधेका थिए । त्यसको जवाफमा गौतमले ‘आफू व्यक्ति वा समूहको नभइ पार्टी एकताको पक्षमा रहेको’ बताएको उनको सचिवालयले बताएको छ ।

सम्बन्धित समाचार