नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।
यसमध्ये एक जना न्यायाधीश हरिकृष्ण कार्कीका सवारी चालक हुन् भने बाँकी दुई जनाबारे थप विवरण प्राप्त हुन सकेको छैन । सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।
यसअघि सभामुख अग्नि सापकोटाका सुक्षामा खटिएका एक सवारी चालकमा पनि कारोना देखिएको थियो ।
