‘झलनाथलाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री र माधवलाई अध्यक्ष बनाउनकै लागि नेकपामा मोर्चाबन्दी भैरहेछ’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले झलनाथ खनाललाई राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनकै लागि नेकपामा मोर्चाबन्दी भैरहेको दाबी गरेका छन् ।

प्रचण्ड माधव समूहलाई ‘ग्याङ अफ फोर’ को संज्ञा दिदै थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोवीघाट गठबन्धनको परिणामपछि माओवादी धार १ दर्जन समूहमा विभाजन र विघटन भएकोसमेत स्मरण पनि गराएका छन् ।



१० वर्षअघि माओवादी अध्यक्ष तथा तत्कालीन संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन बैद्य र नारायणकाजी श्रेष्ठको भेला भएको सन्दर्भ कोट्याउँदै थापाले बुधबारको प्रचण्ड माधव समूहको पत्रकार भेटघाटको तुलना धोविघाट गठबन्धनसँगै तुलना गरेका छन् ।

थापाले नेकपाको जारी विवाद विधि, पद्दति र एकताको लागि नभइ पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डाको लडाई भएको दाबी गरेका छन् ।

 

सम्बन्धित समाचार