नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

विराटनगरकी ९० वर्षीया एक वृद्धा कोरोना संक्रमणमुक्त भएकी छिन् । कोशी अस्पतालअन्तर्गतको कोभिड(१९ उपचार केन्द्रमा भर्ना भएकी मोरङ विराटनगर-६ निवासी ९० वर्षीया ती वृद्धा हिजो डिस्चार्ज भएकी हुन् ।
१० दिनको अस्पताल बसाइपछि कोरोनालाई जितेर उनी घर फर्केको प्रदेश १ कोभिड(१९ अनुगमन तथा सचिवालयका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उच्च रक्तचाप , मधुमेह र नसासम्बन्धी समस्या भएतापनी उच्च मनोवल, सतर्कता र पारिवारिक वातावरणले गर्दा ती वृद्धाले छोटो समयमै कोरोनालाई परास्त गर्न सफल भएको उनले बताए ।
वृद्धासहित हिजो डिस्चार्ज भएका २१ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्ण स्वास्थ्यलाभको कामनासहित अस्पतालबाट बिदाई गरे ।
