प्रहरी हेडक्‍वाटरका थप १० प्रहरीमा देखियो कोरोना

काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

‘बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो,’ प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले भने, ‘आज त्यो संख्या बढेर ८५ पुगेको छ ।’



काठमाडौं उपत्यकामा बुधबार मात्र १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि आजबाट पुन : यातायातामा जोरबिजोर प्रणाली लागू गरिएको छ।

सम्बन्धित समाचार