नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ । आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा सिल गरिएको हो ।
अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरु पनि कार्यालय गएका छैनन् । यसअघि अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ ।
महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो।
