काठमाडौं उपत्यकामा थपिए ८६ जना संक्रमित

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, ललितपुरका १० जना र भक्तपुरका एकजना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।



बिहीबार देशभर भने ३ सय ६० संक्रमित थपिएका छन्। हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ६५ पुगेको छ ।

सम्बन्धित समाचार