मुक्तिनाथ विकास बैंक र एनसीसी बैैंक लि. बीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि का प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरूलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।



मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । बैंकले ब्यालेनस सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । साथै विज्ञप्तिमा बैंकका ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना शुल्क रकम झिक्न सकिने पनि उल्लेख छ ।

सम्बन्धित समाचार