प्रधानमन्त्री ओलीको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट

कोरोना संक्रमित एक मन्त्रीसँग एउटै कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गरिएको छ । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीसमेत संक्रमणको जोखिममा परेका थिए । यद्दपी ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रहरी समायोजन सम्बन्धी साउन १७ गते बालुवाटारमा भएको बैठकमा मन्त्री यादव पनि सहभागी थिए। उनी प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, सातैवटा प्रदेशका आन्तरिक मामिला मन्त्री, गृहसचिव लगायतसँगको बैठकमा सहभागी भएर फर्किएका थिए।



काठमाडौँबाट फर्किएपछि गरिएको पीसीआर परीक्षणमा मन्त्री यादवलाई कोरोना संक्रमण देखिएको थियो। परीक्षण रिपोर्टमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री कार्यालयका कसैलाई पनि कोरोना नदेखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सम्बन्धित समाचार