नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६६ पुग्यो

वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा उपाध्यायका अनुसार ती पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको हिजो स्वाब संकलन गरिएको थियो । ती पुरुषको आज बिहान मृत्यु भएको र बेलुका रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।



उनको कोरोनाले मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी रहेको छ ।

सम्बन्धित समाचार