नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ५४१ पुगेको छ । १ करोड ९२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार २३२ जनाको मृत्यु भएको छ । २९ लाख ८२ हजार ५७६ जना संक्रमित भएकोमा १७ लाख ९३ हजार १५१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार १६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख १२ हजार ३४१ पुगेको छ । त्यसमध्ये ३१ लाख ४७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ५ हजार २६० जनाको मृत्यु भएको छ । ४७ लाख ७४ हजार ३०२ जना संक्रमित भएकोमा ३५ लाख ८७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५४ हजार ६०९ जनाको मृत्यु भएको छ । ४५ लाख ३४ हजार २०६ जना संक्रमित भएकोमा ३१ लाख ११ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २२ हजार ११४ जनाको ज्यान गएको छ भने १० लाख ११ हजार ८६७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ९३ हजार ६२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २८१ जनाको मृत्यु भएको छ । २१ हजार ७३५ जना संक्रमित भएकोमा १२ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने २१ हजार ७५० जनामा संक्रमण पुष्टि भएकोमा ६६ जनाको निधन भैसकेको छ । १५ हजार ३८९ जना भने उपचारपछि घर फर्किएका छन् ।