पर्सामा कोरोनाबाट थप दुईजनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । ५७ वर्षीय पुरुष व्यवसायी हुन् । उनी दुई दिनदेखि कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा थिए।

यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो । उनीहरु दुवैको विहीबार मृत्यु भएको हो। अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा। निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए ।



पर्सामा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालयसँग आबद्ध रहेका भेटिएको छ । उनीहरु प्रहरी र थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए। ठेगाना पर्सा प्रहरी उल्लेख भएका ४७ जनामध्ये सुरक्षाकर्मीभन्दा बढी थुनुवा भएको कुँवरले बताए।

सम्बन्धित समाचार