जोर बिजोर प्रणालीमा कडाइ (फोटो फिचर)

काठमाडौं उपत्यकालगायत केही जिल्लाहरूमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले विहीबारदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गरेको छ । विहीबारदेखि लागु गरेको जोर बिजोर प्रणलीअनुसार जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर नम्बरका गाडी सञ्चालन गर्नेगरी उक्त व्यवस्था लागु भएको हो ।

काठमाडौं उपत्यकासहित कोरोना भाइरसका २ सय जनाभन्दा बढी संक्रमित भएका जिल्लाहरूमा अत्यावश्यक सेवाबाहेकका सवारी साधनहरू सञ्चालनमा यो नियम लागु गरिएको छ । उक्त जोरबिजोर प्रणाली कार्यान्वयनमा गराउन काठमाडौं उपत्यकाका सडकमा ट्राफिक प्रहरीहरू परिचालित भएका छन् । सरकारले सवारी साधनमा जोर बिजोर लगाउने निर्णय बुधबार बेलुका सार्वजनिक गरेकोले विहीबार कतिपयलाई थाहा नहुन सक्छ भनेर सम्झाइबुझाइ गरिरहेको तर शुक्रवारदेखि भने कडाइ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकाभित्र बिजोर नम्बरका सवारी साधन चलिरहेका छन् ।



त्यसैगरी गृह मन्त्रालयले बेलुका ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाउने गरेको निर्णय कार्यान्वयनमा थप कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिइसकेको छ । साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा विहीबार बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालनाका लागि कडाइका साथ प्रस्तुत हुन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । मापदण्ड नमान्नेलाई दण्ड जरिवाना गर्ने र उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित समाचार