नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।

नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १ जना थपिएका हुन् ।
यस्तै ललितपुरका १०, काठमाडौँका ९२, नुवाकोटका ८, सर्लाहीका ७, कञ्चनपुरका १, भक्तपुरका ४, बाराका ९, कैलालीका १९, तनहुँका २, गुल्मीका १, बाँकेका २९, वर्दियाका १५, कास्कीका ११, स्याङजाका १, कालिकोटका ४ जनाका संक्रमण पुष्टि भएको हो ।
कोरोना भाईरसको संक्रमण निको भएर थप ४२५ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
