नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको हो ।
तीन मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका १ जना पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
