गोंगबुको गणेशस्थानमा सुटकेशभित्र टाउकोविनाको शव फेला

काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा टाउकोविनाको शव भेटिएको छ । गणेशस्थान मन्दिरबाट १ सय मिटरभित्र सुटकेशमा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार पानीले भिजेको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो । गणेशस्थान नजिकै दुई सय मिटरको दुरीमा टाउको फेला परेको डिएसपी केसीले बताए ।



गत २०७२ मा काठमाडौंको कोटेश्वरस्थित मनहरा खोलामा पनि सुटकेशमा राखिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले सो हत्यामा संलग्न ब्यक्तिलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन ।

सम्बन्धित समाचार