नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।
जंगी अड्डामा आइतबार आयोजित विशेष कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तानतरण गरेका हुन् । कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सरकारले तय गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजनालाई सहयोग पुर्याउन भारतले सहयोग स्वरुप भेन्टिलेटर प्रदान गरेको हो ।
भेन्टिलेटर हस्तान्तरणको क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाईँमा विजय प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग पुर्याउन भारत प्रतिवद्द रहेको बताए ।
