भारतीय विदेशमन्त्रीको भनाइप्रति विरोध जनाउँदै कांग्रेसले भन्यो- ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतका विदेशमन्त्री एस। जयशंकरले भगवान गौतम बुद्धका बारेमा दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भनेपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले आइतबार ट्‍विटमार्फत भनेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन ।’



भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन ‘कन्फडरेसन अफ इन्डियन इन्डस्ट्री’ ले आयोजना गरेको भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले शनिबार गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भनेका थिए । त्यस्तै केही वर्ष पहिले मोदीले पनि बुद्ध भारतमा जन्मेको भनेको थिए ।

 

सम्बन्धित समाचार