नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
‘थप विवरण आउन बाँकी छ’, उनले भने, कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएको छ ।
शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको छ थियो । तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको स्वाब संकलन गरिएको मिति र पुष्टि भएको विषयमा थप विवरण खुलाएको छैन ।
