कति थपिए काठमाडौँ उपत्यकामा कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ९० र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका ४४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १८ जना र पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५ जनामा संक्रमण पुष्टि भएको हो ।



यस्तै स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौँका १३ र ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ८ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार