नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ माडी नगरपालिकाका जनप्रतिनिधिहरूलाई बालुवाटार बोलाएर भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको भन्दै अयोध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएसँगै त्यसका बारेमा विभिन्न टिकाटिप्पणी सुरू भएका छन् । माडी नगरपालिकाका जनप्रतिनिधिसँगको भेटर्वाताका क्रममा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएकोले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाव दिएका थिए ।
उक्त विषयलाई लिएर जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चेपाङको छाप्रो, स्कूल, अस्पताल छाडेर मन्दिर निर्माणमा प्राथमिकता दिएको टिप्पणी गरेका छन् । ‘संवेदनशील धार्मिक मामिलामा ‘कम्युनिष्ट’ प्रधानमन्त्रीले चासो लिनु र निर्देशन दिनु कतिको उपयुक्त हो ?’ उनले प्रश्न गरेका छन् ‘सर्वव्यापी ईश्वरका अवतारलाई प्रत्येक देशले आ–आफ्नो भौगोलिक सीमाभित्र कैद गर्न खोज्नु धार्मिक आस्थाको हिसाबले कति सही हो ?’
सम्वेदनशील धार्मिक मामिलामा ‘कम्युनिष्ट’ प्रमले यस्तो चासो लिनु र निर्देशन दिनु कति उपयुक्त हो? सर्वव्यापी ईश्वरका अवतारलाई प्रत्येक देशले आआफ्नो भौगोलिक सीमाभित्र कैद गर्न खोज्नु धार्मिक आस्थाको हिसाबले कति सही हो? चेपांगको छाप्रो,स्कूल,अस्पताल छोडेर मन्दिर निर्माणमा प्राथमिकता? https://t.co/aLloUpqBDW
— Baburam Bhattarai (@brb1954) August 8, 2020
त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा टिपप्णी गरेका छन् । शर्माले ट्विटरमा प्रश्न गरेका छन्, ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?’ उनले अगाडि थपेका छन् ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल माक्र्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिशन लिम्पियाधुरा’ लाई बल पुग्ला ?
भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?
यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´ लाई बल पुग्ला @PM_Nepal ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 9, 2020
