के प्रधानमन्त्री ओलीले संसद भङ्ग गर्दैछन् ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै जाँदा बिभिन्न शंका उपशंकाहरु उब्जिरहेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरुले एक समूहले अर्को समूहलाई बिभिन्न आरोपहरु लगाइरहेका छन् । एक समूहले अर्को समूहलाई पार्टी एकताविरोधी गतिविधी गरेको आरोप लगाइरहेको बेला पूर्वमाओवादी खेमाका एक स्थायी कमिटी सदस्य एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।

एक अन्तवार्तामा नेता गुरुङले बजेट अधिवेशन भङ्ग गरेपछिका गतिबिधि दल विभाजन, संकटकाल र संसद विघटनको कसरत आदिमा केन्द्रित भएको बताए । प्रचण्डलगायतका नेताहरुले संयमता अपनाएकोले ओली पछि हटेपनि संसद भङ्ग हुँदैन भनेर ढुक्क हुने अवस्था नभएको उनको भनाई थियो ।



नेता गुरुङले तत्काल ओली सो कदमबाट पछि हटेपनि पार्टी कमिटीमा आलोचना भइरहने, अध्यक्ष र सरकारको बारेमा पनि आलोचना भइरहे कुनैपनि बेलामा उनी अघि सर्न सक्ने बताए । ओलीका गतिविधिले ढुक्कसँग उनलाई विश्वास गर्ने वातावरण नभएको गुरुङको भनाई थियो ।

 

सम्बन्धित समाचार