विश्वभर कोरोनाबाट ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या २ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३३ हजार ६०७ पुगेको छ । संक्रमितको संख्या २ करोड नाघेको छ । कोरोनाको महामारीले सोमबार यो समाचार तयार पार्दासम्म २ करोड १६ हजार ५३४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । १ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएकोमा १८ लाख २४ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५७१ पुगेको छ । त्यसमध्ये ३२ लाख ६० हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।



यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६०० जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७४६ जना संक्रमित भएकोमा ३८ लाख १० हजार ८१३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४४८ जना संक्रमित भएकोमा ३२ लाख ४० हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ४०८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८२१ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ३६ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४१२ जनाको मृत्यु भएको छ । २२ हजार ९८६ जना संक्रमित भएकोमा १३ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने २२ हजार ९७२ जनामा संक्रमण देखिएकोमा ७५ जनाको निधन भैसकेको छ । १६ हजार ३५३ जनाका भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार