नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गुमेको छ ।
ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। खगेश्वर गेलालले जानकारी दिए ।
योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान गुमिसकेको छ । स्वास्थ्यमा समस्या आएपछि गत असार ३१ गतेदेखि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। मधुमेहका रोगीसमेत रहेका ती पुरुषलाई निमोनिया भएको डा. गेलालले जानकारी दिए ।

