नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परक्षिणमा काठमाडौंका ६ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौं ८ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका काठमाडौंका ८ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना र ह्याम्स हस्पिटल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जनामा गरि काठमाडौंमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
