किष्ट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ८० पुग्यो

काठमाडौंको किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । किष्ट मेडिकल कलेजमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए ।

पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । ती महिलाको सोमबार साँझ ४ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पाठकले बताए ।



पाठकका अनुसार ती महिलाको शब कोभिड संक्रमित शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुगेको छ ।

सम्बन्धित समाचार