गो‌ंगबु हत्या प्रकरणः आरोपित महिला चितवनबाट पक्राउ

गो‌ंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएको प्रहरीले जनाएको छ। उनका श्रीमान् भने विदेशमा छन्। दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे। प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो।



गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसभित्रको शवमा टाउको र खुट्टा भने छुट्टिएको थियो।

प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो । शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको हो ।

गोंगबुको यहि घरमा टुक्रा-टुक्रा पारिएको थियो दाङका बोहरालाई

सम्बन्धित समाचार