राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । झापा, बिर्तामोड नगरपालिका-१ स्थित टाइमलेस होटेल नजिकै सडकको किनारमा इलाम फाकफोकथुम गाउँपालिका-१ घर भएका ५० वर्षीय गोबिन्द बोहरा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, अर्जुनधारा ... थप हेर्नुहोस्

News-Image

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित दुई जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका-५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका ... थप हेर्नुहोस्

News-Image

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेत्र बहादुरले ती महिलालाई दाङ, गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार ... थप हेर्नुहोस्

News-Image

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ठगी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनी नागरिकता तथा उच्च माध्यमि... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइर... थप हेर्नुहोस्

News-Image

नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर... थप हेर्नुहोस्

News-Image

सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

  • २०८१ फाल्गुन २०, मंगलवार
  • अञ्जली थापा

जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् । तरकारीको मौसम सकिएपछि महिला वनमा ... थप हेर्नुहोस्

News-Image

आजको यी स्थानमा वर्षाको सम्भावामा

  • २०८१ फाल्गुन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ फाल्गुन १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी पुलस्थित सडकमा ना.१६ प ३१८१ नम्बरको मोटरसाइकललाई ना.६ ख ४०५५ नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन रत्ननगर नगरपालिका-१६ ... थप हेर्नुहोस्