२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

फिट हुन नम्रताको संघर्ष (फोटोफिचर)

नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठ आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न संघर्ष गरिरहेकी छन् । उनले फिल्म ‘गाँठो’ बाट अभिनय करिअर सुरु गरेकी हुन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । अर्थात्, समीक्षात्मक र व्यापारिक दुवै रुपमा फिल्म असफल ठहरियो । यसपछि उनले फिल्म ‘जानी नजानी’ मा काम गरिन् । यो फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् ।

तर, दोस्रो फिल्मले पनि उनलाई सफलताको सुखद दिन सकेन । लगातार दुई फिल्म असफल भएपछि उनी लामो समय कामविहीन भइन् । कतिपयले उनको करिअर संकटमा परेको समेत विश्लेषण गरे । यसैक्रममा उनले फिल्म ‘माछा माछा’ मा काम गर्ने अवसर पाइन् । यो फिल्मबाट उनलाई ठूलो आश थियो । तर, दुर्भाग्य ! फेरि उनी सफलताबाट बन्चित हुनुपर्‍यो ।



फ्लप फिल्ममा ह्याट्रिक गरेपछि उनलाई मिडियाले ‘अनलक्की नायिका’ भन्न थालेको छ । नम्रतालाई आफ्नो नामले पनि समस्या भइरहेको छ । ‘प्रसाद’ अभिनेत्रीसँग नाम मिल्ने भएकाले धेरैले उनलाई ठूली नम्रता श्रेष्ठ ठान्ने गरेका छन् । जसले गर्दा उनलाई आफ्नो फरक पहिचान बनाउन कठिन भएको छ । उनी स्वयं नाम जुधेका कारण आफूलाई समस्या भएको स्वीकार गर्छिन् ।

पछिल्लो समय अभिनेता नाजिर हुसेनसँग नाम जोडिएपछि चर्चामा रहेकी उनले अचेल आफूलाई फिट राख्न जिममा कडा मिहिनेत गरिरहेकी छन् । उनले जिममा वर्कआउट गरेका तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन्, जसमा उनलाई निकै फिट र स्लिम देख्न सकिन्छ ।

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.