२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

यी हुन् टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति

एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् ।

एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड ‘डिनर विथ द डिमेलियोज्’ मा उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।



डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘१० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्, पत्याउनै गाह्रो छ ।’

उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.