२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

नेपालकी सदाबहार नायिका करिश्मा

करिश्मा मानन्धर नेपालकी सदाबहार नायिकाको रुपमा परिचित छिन् । करिश्मा मानन्धर (केसी)क जन्म १९७४ जनवरी ३० मा ललितपुरमा भएको थियो । नेपाली सिने क्षेत्रको सफल अभिनेत्रीको रुपमा परिचित करिश्माले १४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट आफ्नो अभिनय करिअर सुरु गरेकी हुन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् ।

कक्षा आठमा पढिरहेकी बेला उनी सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको रुपमा परिचित उनको सफल चलचित्रमा ‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘भाउजु’, ‘एक नम्बरको पाखे’लगायतका रहेका छन् । करिश्माको लक्ष्य भने आफ्नो नामको अगाडि डाक्टर लेखाउनु रहेको छ । ‘कस्तुरी’ चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् ।



नेपालकी सदाबहार नायिका करिश्मा

नेपाली फिल्म क्षेत्रमा निर्माता र अभिनेत्रीको परिचय समेत बनाएकी करिश्माले तीन दशक बढी समय नेपाली कला क्षेत्रमा बिताइसकेकी छन् । त्यस्तै अहिले उनी आफ्नो पुस्तक ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी छिन् । केही समयअघि राजनीतिमा पनि सक्रिय हुँदै आएकी उनी अहिले राजनीति भन्दा टाढा रहेकी छिन् ।

नेपालकी सदाबहार नायिका करिश्मा

 

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.