एनआईसी एशिया बैंकको डिजिटल सेवा प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता हुने

एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना डटकम अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई–कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले उक्त सुविधा पाउने बैंकद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

मेरो किरानाबाट अनलाइन सामान खरिद गरी रकम भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउनसक्नेछन् । यो योजना चैत मसान्तसम्म लागु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।



विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको परिप्रेक्षमा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्न प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार