कोरोना भाइरस : गायिका कनिका कपूरको पाचौँ टेस्ट रिपोर्ट पनि ‘पोजेटिभ’

कोरोना भाइरस पोजिटिभ पाएपछि बलिउड गायिका कनिका कपूर २० मार्च लखनउको सञ्जय गान्धी पीजीआई (सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टीट्युट अफ मेडिकल साइन्सेज) मा भर्ना भएकी छन् ।

उनको पाँचौ परिक्षण टेस्ट पनि पोजिटिभ पाइएको छ । तर चिकित्सकहरुले भने उनको अवस्था सामान्य रहेको बताएका छन् ।



इन्स्टिट्युटका निर्देशक डा। आरके धीमानले एक ट्वीट गर्दै कनिका असिम्पटोम्याटिक रहेको तर उनमा कुनै लक्षण देखा नपरेको बताएका छन् । उनको स्वास्थ्य अवस्था भने स्थिर र राम्रो रहेको छ ।

गायिका स्वयंले सोसल मिडियामा आफू ठीक रहेको सूचना दिएकी छन् । उनले भनिन्, ‘म आईसीयु मा छैन, म ठीक छु,आशा राख्छु कि, मेरो अब आउने रिपोर्ट नेगेटिभ आउनेछ । म आफ्ना बच्चाहरुलाई भेट्न आतुर भएकी छु, मलाई उनीहरुको धेरै याद आईरहेको छ ।’

सम्बन्धित समाचार