अस्पतालले भर्ना गर्न नमान्दा वृद्धको ज्यान गयो

कैलालीमा अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्ट रहेका छन् । बिहानैदेखि स्वासप्रश्वासमा समस्या आएपछि भट्टलाई साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुगाइएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि धनगढी उपचारका लागि लगिएको भएपनि धनगढीका अस्पतालहरूले भर्ना गर्न नमानेको मृत्यु भएको मृतककी श्रीमती भागरतीले बताइन्। ‘बिहान एक्कासि स्वासप्रश्वासमा समस्या आएको थियो। तुरुन्तै अस्पतालमा लगेका थियौं तर अस्पतालहरूले भर्ना गर्न नै मानेनन्।’ उनले भनिन् ‘कसैले डाक्टर छैनन् भने कसैले अन्त लगेर उपचार गर्नुहोस् भनेर भने।’



श्रीमानले समयमै उपचार पाएको भए बाँच्न सक्ने उनले बताइन्। उनले अस्पतालहरुले भर्ना गर्न नमानेपछि बुधबार बिहान ११ बजेदेखि धनगढीका अस्पतालहरुमा धाउनु परेको बताइन्। उनले सुरुमा माया मेट्रो अस्पताल लगेको तर त्यहाँ भर्ना गर्न नमानेको सुनाइन्।

सम्बन्धित समाचार