नेकपामा बन्यो सहमतिको वातावरण, ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । पछिल्लो समय नेकपामा सहमतिको वातावरण बनेको चर्चा चलिरहेको बेला प्रचण्ड प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

अहिले दुई अध्यक्षबीचको वार्ता जारी छ । दोस्रो तहका नेताहरुले लगातार गरेको लविङपछि भएको अध्यक्षद्वयको वार्तालाई सकारात्मक रुपमा लिएका नेकपाका नेताहरुले बताएका छन् । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।



पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए । अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

दोस्रो तहका नेताहरुले तयार गरेको सहमतिको खेस्रामा महाधिवेशनको मिति तय गर्ने, महाधिवेशनपछि ओली सर्वोच्च नेता, प्रचण्ड एकल अध्यक्ष रहने र निर्वाचनपछि माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपतिको रुपमा अगाडि सार्ने लगायतका विषय समावेश रहेको स्रोतको दाबी छ ।

याे पनि पढ्नुहाेस्ः

सम्बन्धित समाचार