नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।
बिग बोस-१४ लाई लिएर शो देख्न फ्यान्स आतुर छन् । यसैबीच सलमान खानको यो शोको पहिलो प्रोमो रिलिज भईसकेको छ भने दोश्रो प्रोमो अब छिटै रिलिज हुनेछ ।
पहिलो प्रोमोमा सलमान खेती गरिरहेको देखिएको थियो भने दोश्रो प्रोमोमा उनी घरमा झाडु लगाईरहेको देखिएको छ । कलर्सले सलमानको एक फोटो शेयर गरेको छ । कलर्सको अफिसियल इन्स्टाग्राममा यो फोटो शेयर गरिएको हो ।
यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
https://www.instagram.com/p/CD5nDviAq41/?utm_source=ig_embed&utm_campaign=loading