नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप नाजुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुखर्जीको उपचार भइरहेको आर्मी अस्पतालले बयान जारी गरेर फोक्सोमा संक्रमण देखिएका कारण अवस्था थप बिग्रिएको जानकारी दिएको हो ।
भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्थामा विशेषज्ञ डाक्टरले निगरानी गरिरहेको अस्पतालले जनाएको छ।
कोरोना भाइरसबाट समेत संक्रमित भएका मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि आर्मी अस्पताल भर्ना गरिएको हो ।