नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक।

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
शपथपछि अर्थमन्त्री डा वाग्लेले निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिनुभयो ।(रासस)
