यसपालि श्रीमतीका लागि तीजको व्रत लिँदै गायक प्रमोद खरेल

सामान्यतया तीजमा श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत लिने चलन छ। तर गायक प्रमोद खरेलले श्रीमतीका लागि तीजको व्रत बसेका छन् ।

गायक खरेलले यसअघि हरेक वर्ष तीजमा आफ्ना लागि श्रीमतीले व्रत लिएको तर यसपालि उनी बिरामी भएका कारण उनका लागि चाहिँ आफूले व्रत बसेको जानकारी ट्विटमार्फत दिएका हुन् ।



‘श्रीमतीले आजका दिन सधैँ श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भए पनि उनी यसपालि सक्दिनन्, यसपाली म उनको लागि किन नबस्ने,’ ट्विटमा गायक खरेलले लेखेका छन्, ‘यसपाली मैले उनको लागि व्रत बस्दैछु ।’

सम्बन्धित समाचार