नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ भदाै ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २९ लाख ५ हजार ८ सय २५ पुगेको हो। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५४ हजार ८ सय ४९ पुगेको छ।
शुक्रबार भारतमा ६९ हजार २८ संक्रमित थपिएका छन् भने ६२ हजार ८ सय ५८ जना निको भएका छन्। शुक्रबार एक दिनमा ९ सय ५३ जनाको मृत्यु भएको छ।
सबैभन्दा धेरै प्रभावित महाराष्ट्रमा शुक्रबारमात्रै १४ हजार १ सय ६० संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ६ लाख ५७ हजार ४ सय ४९ पुगेको छ भने २१ हजार ६ सय ९८ जनाको मृत्यु भइसकेको छ।
यस्तै, संक्रमितको संख्या तमिलनाडुमा ३ लाख ६७ हजार ४ सय ३०, आन्ध्र प्रदेशमा ३ लाख ३४ हजार ९ सय ४०, कर्नाटकमा २ लाख ६४ हजार ५ सय ४६ र दिल्लीमा १ लाख ५८ हजार ६ सय ४ पुगेको छ ।