नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।
विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका दक्षिण अफ्रिकाका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ । फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ ।
तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो । उनी दुईवटा विश्वयुद्धमा जीवित रहन सके ।
सन् २०१८ मा बिबिसीलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो दीर्घ जीवनको कुनै विशेष राज नरहेको बताएका थिए । उनको केप टाउनस्थित घरमै शनिबार निधन भएको हो ।