दीपाश्री निरौलाले यसरी रुँदै राजेश हमालका फ्यानसँग फेरि मागिन् माफी (भिडियो सहित)

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आउँदा दिनमा गल्ती नदोहोर्‍याउने प्रण गरेकी छिन् । जन्म दिनको अवसर पारेर उनले आज सामाजिक सञ्जालमार्फत आगामी दिनमा पुनः गल्ती नदोहोर्‍याउने प्रण गरेकी हुन् ।

राजेश हमाल महानायक हुन् कि होइनन् र उनले निभाउनुपर्ने भूमिकाका विषयमा आफूले दिएको अन्तर्वार्तामा तीनवटा गल्ती गरेको बताएकी उनले अब सोही प्रकृतिका गल्नी नगर्ने प्रण गर्दै भनेकी छिन्, ‘राजेश हमालका फ्यानहरुलाई मेरो अभिव्यक्तिले चित्त दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झिएर माफ गरिदिनुहोस् ।’



उनले रजतपटक अंकल टक शोमा आफूले तीनवटा गल्ती गरेको बताएकी छिन् । विनातयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती भएको भन्दै उनले अन्तर्वार्ताका क्रममा आएको प्रश्नको आवेगमा बडी ल्याङ्वेजमा कन्ट्रोल गर्न नसक्नु दोस्रो गल्ती भएको स्वीकार गरेकी छिन् । कूटनीतिक जवाफ दिन नसकेर अग्रज कलाकार (राजेश हमाल) प्रति गरेको टिप्पणी तेस्रो तथा मुख्य गल्ती भएको उनले समीक्षा गरेकी छिन् ।

https://www.facebook.com/deepashree.niraula/videos/3412083022189470/

सम्बन्धित समाचार