कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने

स्कटल्याण्डमा कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने भएको छ । स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडीएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको बीबीसीले जनाएको छ ।

सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न बाटो खुलेको खबरमा उल्लेख छ । यसको लागि त्यहाँको सरकारले ३ सय द्रुत गतिको मेसिन र पाँच लाख परीक्षणको लागि ६७ लाख पाउन्ड खर्च गरेको छ ।



१२ मिनेटमै परीक्षणको नतिजा दिने मेसिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनेछ ।

सम्बन्धित समाचार