आईपीएल खेल्न दुबई पुगेका धोनीको टिमका १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण पुष्टि

इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किङ्गसका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको छ।

चेन्नईको टोली २१ अगष्टमा यूएई पुगेको थियो । ययूएई पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको आयोजक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले खरब दिएका छन्।



नाम उल्लेख नगर्ने सर्तमा स्रोतले करिब १२ जना हुनसक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । जसमा भारतीय टोलीका लागि खेल्ने दायाँ हाते मध्यम तीब्र गतिका बलर पनि छन्।

सम्बन्धित समाचार