चुम्बन गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस यी ५ कुरा, नत्र घातक हुनसक्छ !

माया गर्ने जोडिका लागि होस् वा विवाहित जोडि दुवैका लागी चुम्बन महत्वपुर्ण मानिन्छ । विशेषगरी जोडीका लागी प्रेमलाई प्रष्ट्याउन वा प्रेमको निशानीका रुपमा चुम्बनलाई मान्ने गरिन्छ ।

चुम्बनले मानसिक स्थिरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा केहि कुरामा ख्याल गर्नुपर्छ ।



चुम्बन गर्दा यसबाट हुने खतराबाट जोगिन यी ५ कुरामा सचेत हुनुहोस्

१. रुघाखोकी
रुघाखोकी चुम्बनबाट सर्ने रोगमा सबैभन्दा पहिलोमा पर्दछ । रुखाखोकी भएका व्यक्तिलाई चुम्बन गर्दा उक्त व्यक्तिको र्याल अर्को व्यक्तिको मुखमा पर्ने भएकाले यो रोग सर्ने खतरा हुन्छ । तसर्थ रुघा लागेको बेला चुम्बन नगर्नु बेस हुन्छ ।

२, मुख वा गिजासम्बन्धी रोग
यदि कोहि मानिसमा मुख वा गिजामा कुनै संक्रमण वा रोग छ भने चुम्बनको माध्यमबाट यो रोग सर्ने गर्दछ । कतिपय अवस्थामा चुम्बनले जिब्रोको समेत रोग हुने खतरा हुन्छ ।

३. खटिरा
मुखमा खटिरा आएको छ भने त्यसबेला उक्त मानिसलाइ चुम्बन गरेमा पनि खटिरा सर्न सक्छ । खटिरा आफैमा सरुवा रोग भएकाले चुम्बन गर्दा पार्टनरमा सर्ने संभावना हुन्छ ।

४. श्वासप्रश्वास सम्बन्धी रोग
श्वासप्रश्वास सम्बन्धी समस्या वा रोग भएका व्यक्तिलाई चुम्बन गर्दा पार्टनरमा पनि यो रोग सर्न सक्छ । अर्थात ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोग भएका व्यक्तिलाई चुम्बन गरेमा पार्टनरमा यि रोग सर्ने उच्च खतरा हुन्छ ।

५. फोका र ठेउला
केही मानिसमा ओठमा फोका वा ठेउला आउने गर्दछ । फोका वा ठेउला आएको बेला पार्टनरलाई चुम्बन नगर्नु बेश हुन्छ । अन्यथा उक्त फोका वा ठेउला सर्ने जोखिम हुन्छ ।

सम्बन्धित समाचार